चट्याङबाट १ को मृत्यु, ८ घाइते

चट्याङबाट १ को मृत्यु, ८ घाइते

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका–४ दजाकोटकी १८ वर्षीया करिश्मा गाहाको चट्याङ लागेर शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय उजिरबहादुर गाहा र भीम श्री गाहाको घरमा परेको चट्टयाङमा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चट्याङमा परेर घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू