जिरीमा स्कुटर दुर्घटना, चालक बितिन् (अपडेट)

जिरीमा स्कुटर दुर्घटना, चालक बितिन् (अपडेट)

जिरीमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते भएकी चालक बितेकी छन् । जिरी नगरपालिका ६ स्थित चेप्टेमा भएको स्कुटर दुर्घटनामा स्थानीय ३५ वर्षीया मिठी माया जिरेलको अवस्था गम्भीर देखिएपछि अस्पताल लगिएको थियो ।

उनको उपचारको क्रममा साँझ निधन भएको बताइएको छ । अपरान्ह जिरी नगरपालिकाबाट चेप्टे जाने क्रममा जिरेलको स्कुटर सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

टिप्पणीहरू