प्रधानमन्त्री भेटेर माधव नेपाल सोझै डिल्लीबजार कारागार

प्रधानमन्त्री भेटेर माधव नेपाल सोझै डिल्लीबजार कारागार

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र कारागारमा आजीवन कैद सजाय भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीसँग भेट गर्नुभएको छ ।

अध्यक्ष नेपाल प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेको हाराहारीमा पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच हुन लागेको सीट बाँडफाँडमा आफ्नो अडान दोहोर्याउने क्रममा झण्डै आधा घण्टा एक्लै कुराकानी भएको बताइन्छ ।

त्यसपछि अध्यक्ष नेपाल टिकापुर सामुहिक नरसँहार काण्डमा आजन्म कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेट्न जानुभयो । उक्त भेटघाटको विस्तृत विवरण भने सार्वजनिक भैसकेको छैन ।

टिप्पणीहरू