हलो लिएर रविन्द्र मिश्र काठमाण्डौ-१ बाट उठ्ने

हलो लिएर रविन्द्र मिश्र काठमाण्डौ-१ बाट उठ्ने

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रविन्द्र मिश्रले पनि उम्मेदवारी दिने भएका छन् । विवेकशील साझा पार्टीबाट छुट्टिएर हालैमात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका उनी काठमाडौं क्षेत्र नम्बर १ बाट भिड्न लागेका हुन् ।

हलो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिन लागेका उनले २०७४ सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिएका थिए । त्यसबेला मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भए ।

आज दिउँसो साढे १२ बजे बानेश्वर ब्याङ्केटमा उनले उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ । साथै, आफू निर्वाचन लड्ने क्षेत्रका मतदातालाई सानो योगदानस्वरुप ‘विचारभन्दा माथि देश’ नामक पुस्तक उपहारस्वरुप दिने आश्वासन पनि छ ।

टिप्पणीहरू