प्रधानमन्त्री कार्यालयमा पुगे डा.केसीका प्रतिनिधिहरु

प्रधानमन्त्री कार्यालयमा पुगे डा.केसीका प्रतिनिधिहरु

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डा. गोविन्द केसीको अनसनबारे सरकारी अधिकारीहरुले वार्ता शुरु गरेका छन् । वार्तामा सरकारको तर्फबाट मुख्यगरी सचिव गणेश पाण्डे र स्वास्थ्य सचिव रोशन पोखरेल उपस्थित भएका छन् ।

डा. केसीको तर्फबाट डा. जीवन क्षेत्री, प्रितम सुवेदी, डा लिजन महर्जन, डा. विष्णु पोखरेल र अधिवक्त ओमप्रकाश अर्यालको सहभागिता रहेको बताइएको छ । पौने १ बजेबाट शुरु भएको वार्ता केसीको अनसन तोड्ने विषयमा केन्द्रित रहेको बताइएको छ ।

टिप्पणीहरू