बानेश्वरमा राष्ट्रपतिको पुत्ला जल्यो, नजिकै महेश बस्नेतहरुको र्‍याली

बानेश्वरमा राष्ट्रपतिको पुत्ला जल्यो, नजिकै महेश बस्नेतहरुको र्‍याली

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको छ । नागरिक विधेयक प्रमाणीकरण नगरेको र राष्ट्रिपतिले संविधान मिचेको विरोधमा देशव्यापी आन्दोलनको तयारीमा रहेको अखिलले आज दिउँसो काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको गेट अगाडि पुत्ला जलाएको छ ।

संविधानमाथि राष्ट्रपतिको ‘कू’ भन्दै अखिलका केन्द्रीय समिति संयोजक पवन कार्कीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा सोही क्याम्पस कमिटीका अध्यक्ष सम्राज राई, बानेश्वर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मुकेश बुढालगायत पाँच दर्जनको उपस्थिति रहेको बताइन्छ ।प्रदर्शनकारीहरुले ‘विद्या तिमी को हौ चिन्दैनौ, शीतल निवास राख्दैनाैं’,‘व्यवस्थापिका सर्वोच्चता कायम गर’,‘संवैधानिक स्वतन्त्रता कायम गर’,‘हामी केही जान्दैनौैं, राष्ट्रपति मान्दैनौं’, लगायत नारा लगाएका थिए ।यता, बानेश्वरमै राष्ट्रपतिको कदमको समर्थनमा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले स्वागत र्‍याली निकालेको छ । राष्ट्रपतिको कदमलाई ऐतिहासिक कदमको संज्ञा दिँदै एमालेका युवाहरुले र्‍याली निकालेका हुन् । र्‍यालीमा भक्तपुरका नेता महेश बस्नेतलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू