झापामा पेशेवर लागुपदार्थ कारोबारी महिला फेला

झापामा पेशेवर लागुपदार्थ कारोबारी महिला फेला

झापामा लागुऔषधसहित एक पेशेवर महिला पक्राउ परेकी छन् । मेचीनगर नगरपालिका १३, तेलीबारी फूलबासा बस्ने ४३ वर्षीय भारती राजवंशी लागुऔषधसहित पक्राउ परेकी हुन् ।

लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त टोलीले हिजो साँझ उनको साथबाट ब्राउनसुगर १२ ग्राम फेला पारेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार उनको घरबाट डिजिटल तराजु एक थान र तीन लाख ५३ हजार पाँच सय पाँच रुपैयाँ नगद पनि बरामद गरिएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, धुलाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू