आज ११० जना संक्रमित थपिए, एक जनाको निधन

आज ११० जना संक्रमित थपिए, एक जनाको निधन

पछिल्लो २४ घण्टामा देशभर ११० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ५२ जनामा गरिएको पीसीआर परीक्षणमा ६० र दुई हजार ७५ जनामा गरिएको एन्टीजेन परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १२६ जना कोरोना संक्रमणबाट निको भएका छन् भने एकको ज्यान गएको छ ।

हाल देशभर दुई हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेको छ ।

टिप्पणीहरू