चोलेन्द्रको निशानामा परेका सात वकिल छलफलमा

चोलेन्द्रको निशानामा परेका सात वकिल छलफलमा

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले मुछेका सात जना वकिलसँग छलफल शुरु गरेको छ । सिंहदरबारस्थित समितिको बैठक कक्षमा भर्खरै छलफल शुरु भएको हो ।

महाभियोग लागेपछि निलम्बनमा परेका चोलेन्द्रले बयान दिने क्रममा केही कानुन व्यवसायीको नामै तोकेर आक्षेप लगाएपछि समितिले उनीहरुलाई पनि सोधपुछमा झिकाउने निर्णय गरेको थियो । जसअनुसार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य,वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणी पौडेल,वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता ओमप्रकाश अर्यालसँग समितिले बयान लिएको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रले केही पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश,६ जना बहालवाला न्यायाधीशहरूको पनि नाम मुछेका थिए । समितिले उनीहरुलाई पनि पत्र लेखेर छलफलमा आउन भनेको थियो । तर, उनीहरुले भने बयान दिन नआउने बताइसकेका छन् ।

टिप्पणीहरू