कर्मचारीलाई अनलाइनबाटै सरुवा पत्र

कर्मचारीलाई अनलाइनबाटै सरुवा पत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तरस्थानीय तहमा सरुवा भएका कर्मचारीलाई आफ्नो सरुवा पत्र लिन आग्रह गरेको छ । सरुवा भएर पनि पत्र हात नपरेपछि अलपत्र परेका स्थानीय तहबाट अन्तरस्थानीयमा पुगेका कर्मचारीलाई मन्त्रालयले पत्र लिन भनेको हो ।

मन्त्रालयले बेवसाइटमा पत्र अपलोड गरिसकेको जानकारी गराएको छ । पत्र लिन मन्त्रालयको बेवसाइटमा गएर राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक भएबमोजिम आफ्नो विवरण (कर्मचारी संकेत नम्बर, मोबाइल नम्बर र जन्म मिति) प्रविष्ट गर्नुपर्नेछ ।

त्यसपछि पत्र प्रिण्ट गरेर आफू कार्यरत स्थानीय तह र कामकाजमा खटाइएको निकायमा बुझाउन मन्त्रालयले भनेको छ ।

टिप्पणीहरू