अरिङालले टोकेर ८ वर्षीया बालिका बितिन्

अरिङालले टोकेर ८ वर्षीया बालिका बितिन्

बझाङमा अरिङालले टोकेर एक बालिकाको ज्यान गएको छ । थलारा गाउँपालिका–८ का गणेश सुनारकी ८ वर्षीया छोरी किस्मा सुनारको मृत्यु भएको हो ।

बालिकालाई घर नजिकै ओखर खोज्न जाने क्रममा अरिङालले टोकेको थियो । घाइते उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बालिकामाथि गोलोबाट सबै अरिङाल खनिएकाले उनलाई बचाउन खोज्दा घरका अन्य सदस्यसमेत घाइते भएका छन् ।

टिप्पणीहरू