एमाले कैलालीका नेताले नागरिक उन्मुक्ति पार्टी रोजे

एमाले कैलालीका नेताले नागरिक उन्मुक्ति पार्टी रोजे

नेकपा एमालेका तत्कालीन कैलाली जिल्ला अध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेको भन्दै एमालेले उनलाई गत असार २४ गते कारबाही गरेको थियो ।

एमालेबाट कारबाहीमा परेका थापा आजा काठमाडौँमा आयोजित कार्यक्रममा रेशम चौधरीले नेतृत्व गरेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैयालाल चौधरी पनि उक्त पार्टीमा लागेका छन् ।

पार्टीले आगामी निर्वाचनमा देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेको छ । उसले लुम्बिनी, सुदूरपश्चिमाञ्चल र मधेश प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने बताउँदै आएको छ ।

टिप्पणीहरू