फोहोरमाथिको फोहोरी आन्दोलनको मोडल परिवर्तन हुने

फोहोरमाथिको फोहोरी आन्दोलनको मोडल परिवर्तन हुने

उपत्यकाको फोहोर बिसर्जनस्थल सिसडोल–बञ्चरेडाँडाका स्थानीयले आफ्नो आन्दोलनको मोडल परिवर्तन गरेका छन् । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच भएको संयुक्त छलफलमा बञ्चरेडाँडाका स्थानीयको माग सम्बोधन गर्ने जनाइएपछि उनीहरु आन्दोलनको मोडल परिवर्तन गर्ने निश्कर्षमा पुगेका हुन् ।

मन्त्रालयले आगामी दुई महिनाभित्र बञ्चरेडाँडाको अवस्था अध्ययन गरेर समस्या समाधानका लागि मन्त्रिपरिषद्मा प्रतिवेदन पठाउने प्रतिबद्धता जनाएपछि आफूहरु केही नरम भएको बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिका संयोजक श्रीराम खनालले बताए ।

उनकाअनुसार आन्दोलनको कार्यक्रम जारी रहे पनि ढुंगामुढा र प्रतिरोधको कार्य हुनेछैन । तर विगतको जस्तै प्रवृत्ति देखाइएमा फोहोर फाल्न निषेध गरिने उनको भनाइ छ । भोलि प्राविधिक टोली गएर बञ्चरेडाँडाको अवस्थाबारे अध्ययन गर्ने सहमति भएको संयोजक खनालले जानकारी दिए ।

आज पनि बञ्चरेडाँडामा फोहोर बोकेको गाडीलाई स्थानीयवासीले अवरोध गरेका छन् । फोहोरको गाडीमा पुर्याइएको अवरोध हटाउन उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । हिजो नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको धादिङ धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने घोषणा गरेका थिए ।

टिप्पणीहरू