कस्ता होलान् यसपालिको विश्वकप खेलाइने रंगशालाहरु ? (फोटो फिचर)

कस्ता होलान् यसपालिको विश्वकप खेलाइने रंगशालाहरु ? (फोटो फिचर)

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप शुरु हुन लगभग १०० दिन बाँकी छ । पहिलो उद्घाटन म्याच आयोजक कतारसंग नोभेम्बर २० मा हुनेछ । कतारले यो उच्च प्रतियोगिता आयोजनाको लागि धेरै नै मेहनत गरेको कुरा यसले निर्माण गरेको ८ वटा अत्याधुनिक रंगशालाबाट छर्लंग देखिन्छ ।

यस विश्वकपको मुख्य रंगशाला लुसेल स्टेडियम चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेशन (CRCC) सँग संयुक्त रुपमा निर्माण गरिएको र यसले डिसेम्बर १८ मा निर्धारित फाइनल खेल खेलाउने बताइएको छ । विभिन्न अत्याधुनिक डिजाइन र आकारमा बनाइएका रंगशालाहरुमा कतारका ९७४ वटा कन्टेनरहरू प्रयोग गरिएका छन् जुन कतारको अन्तर्राष्ट्रिय डायल कोड ९७४ लाई ध्यानमा राखेर बनाइएको हो । हटाउन सकिने सिटहरू र अन्य मोड्युलर “बिल्डिंग ब्लकहरू” प्रयोग गरेर बनाइएको यो रंगशाला पछि पूर्ण रुपमा पनि भत्काउन सकिनेछ भने यो विश्वकपको इतिहासमा पहिलो भएको जनाइएको छ ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू