एमाले अध्यक्ष आज पनि च्यासल जाने

एमाले अध्यक्ष आज पनि च्यासल जाने

एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान पनि पार्टी कार्यालय जाने कार्यक्रम तय भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित एमाले सुदूरपश्चिमको कार्यक्रमलाई सम्बोधन गर्न उहाँ त्यहाँ जान लाग्नुभएको हो ।

प्रदेश सम्पर्क कमिटीको आयोजनामा प्रदेश कमिटीका सबै सदस्य,उक्त प्रदेशअन्तर्गत सम्पर्क समन्वय कमिटीका सदस्य,नौ वटै जिल्ला सम्पर्क मञ्चका पदाधिकारीसहितको उपस्थितिमा हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली पार्टी कार्यालय जान लाग्नुभएको हो । कार्यक्रम अहिले बिहान ११ बजेदेखि शुरु हुने आयोजक पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू