८६८ जनामा कोरोना संक्रमण, तीन जना बिते

८६८ जनामा कोरोना संक्रमण, तीन जना बिते

पछिल्लो २४ घण्टामा ८६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ७०५ जनाको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

तीन हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र तीन सय हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण फेला परेको हो । याेसँगै काेराेनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ८८५ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, आज तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोराेनाका कारण हालसम्म ११ हजार ९७७ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू