भारतमा मंकीपक्सबाट एक जनाको निधन

भारतमा मंकीपक्सबाट एक जनाको निधन

भारतमा मंकीपक्सबाट पहिलो पटक एक जनाको ज्यान गएको छ । दक्षिणी राज्य केरलामा मंकीपक्सबाट २२ वर्षीय युवकको मृत्यु भएको हो ।

ती युवक हालै संयुक्त अरब इमिरेट्सबाट केरलामा फर्केका हुन् । उनी सेनामा कार्यरत रहेको बताइन्छ । हल्का ज्वरो र शरीरमा रातो बिमिरा देखिएपछि ती युवकले उत्तर–पूर्वी एक अस्पतालमा देखाएका थिए । अस्पतालमा देखाएको तीन दिनपछि उनको मृत्यु भएको हो ।

केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जका अनुसार उनको मृत्युपछि परीक्षण गरिएका नमूनामा पनि मंकीपक्सको भाइरस भेटिएको छ ।

मंकीपक्सका कारण अफ्रिकाबाहेक विश्वमै भएको यो चौथो मृत्यु हो । यसअघि स्पेनमा दुई र ब्राजिलमा एक जनाको यही संक्रमणका कारण मृत्यु भएको थियो ।

टिप्पणीहरू