पनौतीमा नेपाली सेनालाई २५ सय रोपनी जंगल

पनौतीमा नेपाली सेनालाई २५ सय रोपनी जंगल

काभ्रेको पनौती नगरपालिकाले धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणलाई सामुदायिक वनको २५ सय रोपनी जग्गा प्रदान गरेको छ । सैनिक प्रतिष्ठान सञ्चालनका लागि सेनाले वन क्षेत्रको जग्गा मागेकोमा नगरपालिकाले ‘हुन्छ’ भनेको हो ।

पालिकाको वडा नम्बर ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायिक वन क्षेत्रमा सैनिक प्रतिष्ठान सञ्चालनार्थ जग्गा प्रयोग गर्न दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि सेनाले वन उपलब्ध गराउन आग्रह गर्दै नगरपालिकालाई पत्र लेखेको थियो । सोही आग्रहबमोजिम इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको कित्ता नम्बर २०९, २८९, ६१९ र ६०९ को दुई हजार पाँच सय रोपनी क्षेत्रफलको वन प्रयोग गर्न दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

टिप्पणीहरू