ललितपुरका मेयरलाई साँच्नै नै कोरोना भएको हो ?

ललितपुरका मेयरलाई साँच्नै नै कोरोना भएको हो ?

आर्थिक वर्षको अन्त्यमा मात्रै बजेट सक्न चटाराे हुने परम्परागत रोग नेपालमा अहिले पनि उस्तै छ । यतिबेला सरकारी कार्यालयमा बजेट सक्ने हतारो थपिएको छ । अधिकांश स्थानीय तहमा ‘असारे विकास’ धमाधम भैरहेको छ ।

बजेट मिलान गर्न पनि स्थानीय सरकारलाई भ्याईनभ्याई छ । सरकारी कार्यालयका हाकिमहरु हिसाब मिलाउन र बजेट निकासी गर्न लागेका छन् । बजेट फ्रिज हुने डरले हाकिमहरुको हात एकछिन पनि खाली छैन । राति अबेरसम्म काममा खटिएका छन् ।

कतिपय स्थानीय तहका पदाधिकारीहरु बजेट सक्नैका लागि घुमघाममा निस्किएका समाचार पनि आइरहेका छन् । स्थानीय तहका पदाधिकारी, सरकारी अड्डाका हाकिमहरु यस्तै दौडधुपमा लागेका बेला ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई भने कोरोना संक्रमण भएको भनिएको छ ।

अस्ति शुक्रवार उहाँलाई संक्रमण पुष्टि भएको बताइन्छ । घरमा बसेर स्वास्थ्य लाभ गरिरहनु भएका मेयर चिरिबाबुको फोन अफ छ । तर, ओछ्यानमै सुत्नुपर्ने बिरामी भएर उहाँको फोन अफ भएको होइन । बताइएअनुसार नयाँ बर्षको बजेट माग्नेहरु र पुरानोको हिसाब फर्छ्यौट गर्नुपर्नेहरुले तनाव दिएपछि मेयरसाप फोन अफ गरेर बस्नुभएको हो ।

चिरिबाबु निकटस्थहरुले भने कोरोना लागेकै कारण अस्वस्थ भएपछि फोन अफ गरेर बसेको बताएका छन् । उहाँका स्वकीय सचिव इन्द्र बर्जाचार्यले बिध ल्याबमा कोरोना परीक्षण गरेको र चिकित्सकले स्वास्थ्य लाभ गर्न सुझाव दिएको कारण फोन अफ गरेको बताए ।

टिप्पणीहरू