महिलाको भेषमा नरसंहार

महिलाको भेषमा नरसंहार

अमेरिकाको सिकागो सहरमा ७ जनाको हत्या र ३० जना घाइते हुने गरी भएको हमलाका आक्रमणकारी महिलाको भेषमा रहेको खुलेको छ।

२१ वर्षीय रोबर्ट ई क्रिमो तृतीयलाई आक्रमणको केही घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको थियो । आक्रमणलगत्तै भागाभाग मानिसहरुको भागाभाग भैरहेका बेला उनी त्यहि भिडमा मिसिएर भाग्न महिलाको भेषमा आएको बताइएको छ । आक्रमणकारीले घटनास्थलबाट भाग्नको लागि भेष बदलेर महिलाको लुगा लगाएको लेक काउन्टी मेजर क्राइम टास्क फोर्सका प्रवक्ता क्रिस कोवेलीले बताए ।

प्रहरीका अनुसार हाइल्याण्ड पार्कमा आक्रमणका लागि उनले हप्तौँदेखि योजना बनाएका थिए । आक्रमणकारीले सन् २०१९ को अप्रिलमा आत्महत्या प्रयास गरेको बुझिएको छ उनमा मानसिक स्वास्थ्य समस्या पनि रहेको प्रहरीले बताइएको छ ।

अभियुक्तले करिब एक वर्षअघि कानुनी रूपमा पाँच वटा हतियार खरिद गरेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू