पैसा नभएको खाताको चेक भिडाउने छ महिनापछि भेटिए

पैसा नभएको खाताको चेक भिडाउने छ महिनापछि भेटिए

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । फरार विनोद लामा भन्ने विनोद घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

उनीमाथि बैंकिङ कसुरका तीन वटा मुद्दा चलेको छ । ती मुद्दामा २०७८ पुस २७ गते उच्च अदालत पाटनले २१ दिन कैद र १ करोड दुई लाख ५० हजार रुपैयाँ जरिवाना फैसला गरे पनि उनी फरार भएका हुन् ।

आज बिहान जोरपाटीबाट पक्राउ गरेपछि प्रहरीले फैसला कार्यान्वयनको निम्ति काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआईबीका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

उनले मेघा बैंकको बौद्ध शाखामा रहेको आफ्नो रित्तो खाताको चेक विभिन्न व्यक्तिलाई भिडाएका थिए ।

टिप्पणीहरू