रुखको टोड्कामा बन्दुक लुकाउनेलाई सेनाको टोलीले समात्यो

रुखको टोड्कामा बन्दुक लुकाउनेलाई सेनाको टोलीले समात्यो

बाँके राष्ट्रिय निकुञ्जभित्रको रुखको टोड्कामा बन्दुक लुकाएका एक जना बाँकेमा समातिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको अर्जुनबाण गण र निकुञ्ज प्रशासन कार्यालय, बाँकेका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

गत शुक्रबार शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १३ सिम्री बस्ने वर्ष ५४ का बलबहादुर पल्ली मगरलाई नियन्त्रणमा लिइएको हो ।

टोलीले सोधपुछ गर्ने क्रममा मगरले निकुञ्जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक नाल–१ (एक) फेला पारिएको नेपाली सेनाले जनाएको छ ।

पक्राउ परेका व्यक्ति र उसबाट बरामद गरिएको हतियार आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको सेनाको भनाइ छ ।

टिप्पणीहरू