डान्स मास्टर लिटिल च्याम्प्सको भोटिङ पार्टनर फाइनल

डान्स मास्टर लिटिल च्याम्प्सको भोटिङ पार्टनर फाइनल

छिटै दर्शकमाझ आउन लागेको डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिटिल च्याम्प्स’ ले भोटिङ पार्टनर फाइनल गरेको छ । आज एक कार्यक्रमका बीच शो निर्मात थ्री- प्रोडक्सनले पे–वेलसँग सम्झौता गरेको हो ।

साना बालबालिकाहरुको क्षमता अभिवृद्धिमा केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भइसकेको छ । डिजिटलबाट छानिएकाहरुबीच अब छिटैनै फिजिकल अडिसन सुरु गर्ने पनि आयोजकले बताएको छ । आयोजकले भनेअनुसार काठमाडौं, विराटनगर, पोखरा, इटहरी, चितवन तथा भारतको आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

शोको निर्णायकमा तेरिया फौजा मगर र रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियनजस्तो सफल रियालिटी शो तयार गरेको ’थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक विशाल भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

टिप्पणीहरू