जसले अनाथ बालिका पनि नभनी ब्यभिचार गरे

जसले अनाथ बालिका पनि नभनी ब्यभिचार गरे

अनाथ बालिका करणीको आरोपमा अनाथालयकै अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–९, गोलाखर्कस्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिव रहेका छन् । उनीहरु सोही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । सचिव कवीन्द्र राई र अध्यक्ष राजेन्द्र चौहानलाई प्रहरीले जबर्जस्ती करणी उद्योगको आरोपमा नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सचिव राईमाथि त्यही अनाथालयमा बस्ने १३ वर्षीया बालिकालाई जबरर्जस्ती करणी गरेको आरोप छ । अनुसन्धानको क्रममा अध्यक्ष चौहानसमेत तानिएको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। सचिव राईलाई गत बिहीबार र चौहानलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुवै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए। ‘पीडित बालिकाले नै घटनाबारे बताएपछि आरोपीहरू पक्राउ परेका हुन्,’ एसपी श्रेष्ठले भने,‘थप अनुसन्धान हुँदैछ।’

सडक,बजार,गल्ली,जंगलमा भेटिने अनाथ बालबालिकालाई यहाँ राख्ने गरिएको छ। अहिले अनाथालयमा ८ बालक र ८ बालिका छन् ।

टिप्पणीहरू