आज निको हुनेभन्दा सङ्क्रमित धेरै

आज निको हुनेभन्दा सङ्क्रमित धेरै

बितेको २४ घण्टामा मुलुकभर २२ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार सात सय ५३ जनामा नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा नौ जना सङ्क्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । मुलुकभर अझै एक सय १२ जना सक्रिय सङक्रमित छन् ।

आज सङ्क्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाको मृत्यु भइसकेको छ ।

टिप्पणीहरू