४ दिनदेखि बेपत्ता बालिकाको शव फेला

४ दिनदेखि बेपत्ता बालिकाको शव फेला

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी ७ वर्षीया बालिका ग्रिष्मा विक मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाली काँग्रेसको गुर्भाकोट नगरपालिका–५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी विक सोही दिन हराएकी थिइन् । चार दिनदेखि हराएकी बालिकाको शव आज बिहान घरदेखि एक सय मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

बालिकाको मृत्युको कारण नखुले पनि घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

टिप्पणीहरू