दमक नगरपालिका

दमक वरपर नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

झापाको दमक नगरपालिकाले नदीजन्य सामग्रीको उत्खनन, संकलन तथा बिक्री वितरणमा रोक लगाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको सूचना जारी गरिएको छ । नगरपालिकाले पूर्व र पश्चिमतर्फ रहेको रतुवा र मावा खोलाको नदीजन्य पदार्थ संकलन तथा बिक्रीका लागि प्रारम्भिक वातावरणीय परीक्षण भइरहेकाले उक्त प्रतिबन्ध लगाइएको जनाएको छ । ‘दमक नगरपालिकाको पूर्व र पश्चिमतर्फ रहेको रतुवा र मावा खोलाको नदीजन्य सामग्रीको संकलन …