भरतपुर महानगरपालिका

भरतपुरमा नयाँ पाहुना दाैंतरी, हामी सबै बाटोकै चौतारी

भरतपुर महानगरपालिकाको प्रशासन सम्हाल्न कोशीबाट भर्खरै आएका प्रमुख प्रशासकीय अधिकृत अस्ति आफैं विभिन्न शाखा–महाशाखा चहारेर कर्मचारीहरुसँग चिनापर्ची गर्दै कार्यालयको हालचाल बुझ्न व्यस्त देखिन्थे । नेपाल सरकारका सहसचिव लक्ष्मीप्रसाद पौडेल कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रदेश सचिवको रुपमा कार्यरत थिए ।  गत बिहीबार पंक्तिकार पुग्दा पनि भरतपुर महानगरपालिकाको कानुनी मामिला शाखामा छिरेर मुद्दाको अवस्था बुझ्दै गर्दा भेटिए  । नयाँ हाकिमले सुरुमै …