मेला

वर्षैभरि चलिरहन्छ जुत्ता मेला ?

मेला अर्थात खास मौकामा लाग्ने उत्सव । व्यापारिक,धार्मिक, सांस्कृतिक,साहित्यिक,पर्यटकीय, औद्योगिक,शैक्षिक,कृषि आदि प्रवर्द्धनका लागि मेला आयोजना गरिन्छ । जुनै पनि मेला निश्चित समयका लागि आयोजना गरिएको हुन्छ ।  राजधानीको भृकुटीमण्डपमा भने एक वर्षदेखि जुत्ता मेला चलिरहेको छ । त्यो ‘मेला हो कि भेला ?’ भृकुटीमण्डप आउने सर्वसाधारण आश्चर्यचकित पर्ने गरेका छन् । भृकुटीमण्डपको प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै ‘बृहत जुत्ता चप्पल व्यापार मेला’ को ब्यानर र ब…