प्रविधिकाे दुरूपयोग

मोबाइलले निम्त्यायो घरैपिच्छे महाभारत

संसारको जग विश्वासमा अडिएको छ । अनि विश्वास भन्ने चिजचाहिँ रेशमी धागोजस्तै । जब धागो चुँडिन्छ अनि सबै सखाप । प्रविधि धेरैको जीवनमा बरदान बनेको छ तर त्यही दुरूपयोग हुँदा धेरैको घरवार उठीबास लागेको छ । यस्तै एक दम्पतीको लफडा अहिले बौद्ध प्रहरीमा पुगेको छ ।  दशकअगाडि विवाह बन्धनमा बाँधिएका हुन् मानबहादुर र मीना तामाङ । काभ्रे जिल्लाको एउटै भेगका । कुखुरे बैंशले यसरी छोयो कि, १६ वर्षकै उमेरमा प्रेमका हाँगाबिँगा फैलिए । पढ्ने, करिअर बनाउने उमेरमा विवाह गरिदिन …