सेयरबजार ओरालो लागेपछि सर्किट ब्रेक
आइतबार सेयर बजार परिसूचक नेप्से ५ दशमलब ०३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको छ । यससँगै सेयर बजारमा ४० मिनेट कारोबार रोक्का गरिएको छ ।
नेप्से सूचक १ सय ४७ दशमलब ३१ अंकले घटेपछि सर्किट ब्रेक लागेको हो । यो हालसम्मकै सबैभन्दा उच्च अंकको गिरावट हो । समाचार तयार पार्दासम्म आइतबार ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ । कारोबारमा भएका २ वटा बाहेक सबै कम्पनीको मूल्य घटेको छ ।
सर्किट ब्रेकको नियमअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित गरिन्छ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित गरिन्छ । र, तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकी पूरै दिनको कारोबार स्थगित गरिन्छ ।
टिप्पणीहरू