महालक्ष्मी बिकास बैंकका ग्राहकहरुलाई “ग्राहक समन्वयकर्ता” को सेवा
महालक्ष्मी बिकास बैंकले आफ्ना १०३ वटा शाखाहरुबाट सेवा लिईरहेका ग्राहकहरुलाई निषधाज्ञाको अवधिभर सहज र सुरक्षित तवरले बैंकिङ्ग कारोबार गराउने उद्देश्यले “ग्राहक समन्वयकर्ता“ को व्यवस्था गरेको छ ।
समन्वयकर्ताहरुले ग्राहकहरुको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि जिज्ञासा तथा गुनासोलाई सम्बन्धित शाखाहरुसँग समन्वय गरी यथाशिघ्र सेवा उपलब्ध गराउने बैंकका निमित्त कार्यकारी प्रमुखश्री दिपेश लम्सालले जनाउनु भएको छ ।
यसका साथै यस अवधिमा संक्रमण कम गर्नका लागि डिजिटल बैकिङ्ग अन्तर्गत मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्यूआर कोड तथा आइपिएस कनेक्सन जस्ता सुविधाहरु प्रयोग गरी सुरक्षित रहन बैंकले हार्दिक अपिल गरेको छ । केन्दिय कार्यालय तथा विभिन्न शाखाहरुको समन्वयकर्ताहरुको विवरण तथा सम्पर्क नम्बरहरु तल उल्लेख गरीएको छ ।
बैंकले ग्राहक महानुभाबहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुलाई पर्न सक्ने समस्याहरु हर सम्भव समाधान गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
टिप्पणीहरू