काठमाडौंको दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ ।
महेन्द्र शालिकअगाडि रहेको ऊड बिलम होटलको तेस्रो तलामा सञ्चालित ब्ल्याक आउट डान्स क्लबमा आज बिहान १० बजे आगलागी भएको थियो । काठमाडौं महानगरपालिकाको दमकलले भर्खँरै आगो निभाएको हो ।
विद्युत सर्ट भएर आगलागी भएको र त्यसबाट ठूलो धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।