सबै श्रेणीहरू

खराब मौसमका कारण आकाशमै होल्ड भए जहाज

खराब मौसमका कारण आकाशमै होल्ड भए जहाज

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न समस्या भएको छ । खराब मौसमका कारण विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड गर्नुपरेको हो । 

कम भिजिबिलिटीको कारण कतिपय जहाज डाइभर्ट गरिएको छ । बिहान चाइना सउर्थन र कतारबाट आएको जहाजलाई बाराको आकाशमा केही समय होल्ड गरिएको थियो ।  एयर इण्डियाको जहाजलाई पनि होल्ड गरिएको छ । 

क्यूमा रहेका अन्तराष्ट्रिय उडानसमेत प्रभावित बनेका छन् ।