सबै श्रेणीहरू

कसलाई काँग्रेस मान्ने,कसलाई काङ्ग्रेस नमान्ने ?

कसलाई काँग्रेस मान्ने,कसलाई काङ्ग्रेस नमान्ने ?

नेपाली काँग्रेसका दुई नेता एकै क्षेत्रमा उम्मेदवारी कायम गराउन लागिपरेको खुलेको छ । नवलपरासी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वमन्त्री देवेन्द्रराज कँडेल र भीमबहादुर थापा क्षेत्रीले आ–आफ्नो उम्मेदवारी कायम गर्न लबिङ गरिरहेका छन् । 

काँग्रेस सभापति गगन थापाले दुवै नेतालाई टिकट दिएका छन् । जसका कारण समस्या बल्झिएको हो । उता जिल्लाका प्रभावशाली नेता विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।

जिल्लाका प्रभावशाली नेता विक्रम खनाल टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।  

उनले त्यताबाट उम्मेदवारी दर्ता गरिसकेका छन् । परासीमा उद्योगपति विनोद चौधरीले चलखेल गर्दा विक्रमले पार्टी छोडेको स्रोत बताउँछ । अहिले क्षेत्र नम्बर २ मा लफडा भइरहेको छ । 

२०७९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाबाट टिकट हात पार्ने चौधरी यसपटक क्षेत्र नम्बर १ मा सरेका छन् ।

पुराना नेताहरुलाई पाखा लगाएर पैसाको बलमा २०७९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाबाट टिकट हात पार्ने चौधरी यसपटक क्षेत्र नम्बर १ मा सरेका छन् । उनको प्रतिस्पर्धी काँग्रेसबाट रास्वपामा गएका खनाल हुन् ।