बैतडीमा व्यावसायिक कफी खेती

बैतडीमा व्यावसायिक कफी खेती
सुन्नुहोस्

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीमा व्यावसायिक कफी खेतीको शुभारम्भ गर्नुभएको छ । पाटन नगरपालिका–६, मा कफी खेती रोपणको आजदेखि थालनी भएको छ ।

युरोपेली युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यो वर्षदेखि कफी खेती शुभारम्भ कार्यक्रमअन्तर्गत बैतडीबाट थालनी गरिएको हो । 

मन्त्री भण्डारीले कफीको निम्ति बजारको समस्या खासै नभएको उल्लेख गर्दै नेपाली कफी उत्पादनलाई व्यावसायिक र परिमाणयुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले मल, बीउ, सिँचाइ र सीपबाट उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन मेहेनतका साथ लाग्न आग्रह गर्नुभयो ।

टिप्पणीहरू