ओलीलाई देउवाको प्रश्नः निर्णय आफू गर्ने दोष हामीलाई दिने ?

ओलीलाई देउवाको प्रश्नः निर्णय आफू गर्ने दोष हामीलाई दिने ?

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टि—स्टेटको जग्गा बिक्री नेपाली काँग्रेसको पालामा नभएको दाबी गर्नुभएको छ ।

प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिजो एमाले अध्यक्ष ओलीले गिरिबन्धुको जग्गा कांग्रेस नेतृत्वको सरकारले बेचेर खाएको आरोप लगाउनु भएको थियो ।

त्यसको खण्डन गर्दै देउवाले उल्टै ओली नेतृत्व सरकारले सो जग्गा किनबेचको निर्णय गरेको दाबी गर्नुभयो । देउवाले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति ? भन्दै ओलीलाई प्रश्नसमेत गर्नुभएको छ । 

‘अहिले यो नेपालको राजनीतिमा ओलीजीले बोलेको भनेर बाहिर आएको छ । अदालतले फैसला गरेपछि गिरिबन्धु टिस्टेटको निर्णय काँग्रेसको पालामा भएको भनेर । आफूले निर्णय गर्नुहुन्छ, काँग्रेसलाई भन्नुहुन्छ । कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि !', उहाँले भन्नुभयो, 'त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ । अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने काँग्रेसको पालामा भएको छ । काँग्रेसको पालामा गिरिजाबाबु र म हो हाम्रो पालामा भएकै छैन । यस्तो कुरा उहाँले बोल्नुभयो, उहाँ जस्तो नेताले यस्तो बोल्नु हुँदैन थियो ।’

टिप्पणीहरू