सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने

सुदूरपश्चिममा एमालेले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने
सुन्नुहोस्

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिन लागेका छन् । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

एमालेले विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने बताइएको छ । नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । ५३ सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।

उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सदस्य डा. तारा जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

टिप्पणीहरू