राजधानीमा भूमिगत विद्युत प्रणालीको परीक्षण गरिँदै

राजधानीमा भूमिगत विद्युत प्रणालीको परीक्षण गरिँदै

नेपाल विद्युत प्राधिकरणले राजधानीका विभिन्न स्थानमा जडित भूमिगत विद्युत वितरण प्रणाली केही दिनमै परीक्षण गरेर सञ्चालनमा ल्याउने भएको छ । 

प्राधिकरणले पेप्सीकोला–जडीबुटी, लैनचौर–नारायणगोपाल चोक, चुच्चेपाटी–चावहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुशी टाउन प्लानिङमा जडान भइसकेको भूमिगत विद्युत प्रणाली परीक्षण गरी सञ्चालनमा ल्याउने तयारी थालेको छ ।

ती क्षेत्रका ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरु क्रमैसँग हटाइने छ । प्राधिकरणले ती स्थानका पोलमा जडान गरिएका इन्टरनेट, केबल, अप्टिकल फाइबर, सीसीटिभी क्यामेरा, सडक बत्तीलगायत संरचना एवम् उपकरणहरु आगामी छ महिनाभित्र हटाउन समयसीमा तोकेको छ ।

सूचनामा उल्लेख छ, ‘उपरोक्त स्थानमा रहेका पोलहरुमा जडान गरिएका इन्टरनेट, केबल, अप्टिकल फाइबर, सीसीटिभी क्यामेरा, सडक बत्तीलगायतका संरचना एवम् उपकरणहरु आगामी छ महिनाभित्र अनिवार्य रुपमा हटाई वैकल्पिक व्यवस्था गर्नुहुन सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराइन्छ ।’

तोकिएको अवधिभित्र पोलमा जडित त्यस्ता संरचना तथा उपकरणहरु नहटाएमा प्राधिकरण आफैंले हटाउने र त्यसबाट हुने क्षतिप्रति प्राधिकरण जिम्मेवार नहुने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू