सहकारीको ऋण नतिर्नेलाई कारबाहीको चेतावनी

सहकारीको ऋण नतिर्नेलाई कारबाहीको चेतावनी

भरतपुर महानगरपालिकाले सहकारी संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरुलाई कारबाही गर्ने भएको छ । 

महानगरको ५ नम्बर वडा कार्यालयले ऋण नतिरी अटेरी गर्ने खराब ऋणीहरुलाई कारबाही गर्ने चेतावनी दिएको हो । आफ्नो कार्यक्षेत्रभित्र रहेका विभिन्न सहकारी संस्थाले ऋण तिर्न आग्रह गरेर पटक–पटक ताकेता गर्दा पनि ऋणीहरुले अटेर गरेपछि कारबाहीको प्रक्रिया अगाडि बढाउन लागिएको कार्यालयले जनाएको छ । 

सहकारी संस्थाहरुले ऋण तिर्न ताकेता गर्दासमेत ऋणीहरुले बेवास्ता गरेको भनि व्यापक गुनासो आएको कार्यालयको भनाइ छ । कार्यालयले सूचना जारी गर्दै तोकिएको समयावधिभित्र ऋण नतिर्ने ऋणीहरुको तीन पुस्ते सार्वजनिक गर्ने चेतावनी दिएको छ । 

‘तोकिएको समयावधिमा ऋण नतिरी अटेर गर्ने ऋणीहरुको तीन पुस्ते विवरणसहित नामावली प्रकाशित गरी सहकारी ऐन, २०७४, सहकारी नियमावली २०७५, भरतपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ र प्रचलित ऐनकानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत जानकारी गरिन्छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू