विदेशमा बियरको बोतल प्रहार, स्वदेशमा आपत्ति र विरोध

विदेशमा बियरको बोतल प्रहार, स्वदेशमा आपत्ति र विरोध

गायक प्रकाश सपूतमाथि बियरको बोतल प्रहार गर्नेलाई कारबाहीको माग गरिएको छ । सपूतमाथि बियरको बोतल प्रहार भएको घटनाप्रति राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संस्थाका केन्द्रीय सचिवसमेत रहेका सपूतमाथि रोमानियामा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल–२’ मा प्रस्तुति दिने क्रममा बियरको बोतल प्रहार भएपछि प्रतिष्ठानले आपत्ति जनाएको हो । 

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै उक्त क्रियाकलाप अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठा भएको जनाएको छ । विभिन्न मुलुकमा नेपाली दाजुभाइबाटै हुने गरेका यस्ता घटनाले कलाकारहरुको मन दुःखेको उल्लेख गर्दै प्रतिष्ठानले दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।  

‘यो घटना अत्यन्तै निन्दनीय, अमानवीय र अराजकताको पराकाष्ठाको भएको प्रतिष्ठानको ठहर छ । आयोजक, त्यहाँस्थित कुटनीतिक नियोग एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, युरोप शाखाको समेत ध्यानाकर्षण गराउँदै यस्ता घटनाले कलाकारको मनोबल गिर्नुको साथसाथै आफ्नै नेपाली दाजुभाइबाट हुने यस्ता अवाञ्छनीय क्रियाकलापले सम्पूर्ण नेपाली कलाकारको मन दुःखेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू