लोकसेवाको जाँचमा चिट चोर्दा एकवर्षे बन्देज

लोकसेवाको जाँचमा चिट चोर्दा एकवर्षे बन्देज

लोकसेवा आयोगको लिएको परीक्षामा चिट चोर्ने एक महिलालाई कारबाही गरिएको छ । 

गत बैशाख २७ देखि २९ गतेसम्म शाखा अधिकृत वा सो सरहको पदका लागि लिइएको लिखित परीक्षामा सहभागी सृजना पन्थी चिट चोर्दा कारवाहीमा परेकी हुन् । आयोगका उपसचिव एकनारायण शर्माका अनुसार पन्थीले प्रवेशपत्रको पृष्ठ भागमा परीक्षालाई सहयोग पुग्ने सामग्री उतार गरेको पाइएपछि कारवाही गरिएको हो । 

उनलाई लोकसेवा आयोग ऐन, २०७९ को दफा (४१) (२) (क) बमोजिम आयोगबाट सञ्चालन हुने परीक्षामा आगामी एक वर्षको लागि सहभागी हुन नपाउने गरी कारबाही गरिएको उपसचिव शर्माले जानकारी दिए ।

टिप्पणीहरू