सडकमा फोहोर फाल्नेहरु महानगरको फन्दामा

सडकमा फोहोर फाल्नेहरु महानगरको फन्दामा

वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गरेको छ । 

सडकमा ल्याएर फोहोर फाल्ने ६ जनालाई महानगरपालिकाले जरिवाना तिराएको हो । नगवा चोकमा रहेको लक्जरी फर्निचरलाई दुई हजार पाँच सय रुपैयाँ र आदर्श नगरका सुधिर पाण्डेलाई दुई हजार रुपैयाँ जरिवाना गरिएको महानगरपालिकाले जनाएको छ । 

त्यस्तै, बाईपासका सरोज राउतलाई दुई हजार र अशोक गुप्ता, नरेश साह र रोजी आल्मुनियमलाई एक हजार पाँच सयको दरले जरिवाना गरिएको बताइएको छ । महानगरपालिकाका अनुसार उनीहरुले घरबाट निस्किएको फोहोर सडकपेटीमा ल्याएर फालेका थिए ।  

आफ्नो घर र संघसंस्थाबाट निस्किएको फोहोर सडकमा ल्याएर फ्ँयाक्ने क्रम बढेपछि महानगरपालिकाले कारबाहीस्वरुप जरिवाना तिराउन थालेको छ । वीरगञ्जलाई सुन्दर र सफा बनाउनका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

टिप्पणीहरू