उपभोक्ता मूल्य अनिवार्य, पसलमा नराखे कारबाही

उपभोक्ता मूल्य अनिवार्य, पसलमा नराखे कारबाही

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता मूल्य अनिवार्य रुपमा राख्न चेतावनीयुक्त निर्देशन दिएको छ । पछिल्लो समय व्यवसायीले आफुखुशी वस्तुको मूल्य तोक्ने गरेको भन्दै विभागले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

मूल्य अभिवृद्धि कर नियमावली, २०५२ को नियम १४ (ख) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएकाले आफ्नो वस्तु तथा सेवाको बिक्री मूल्यमा करसहितको अन्तिम उपभोक्ता मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था छ । 

तर, कतिपय व्यवसायीले कानूनी व्यवस्थाको बाबजुद ग्राहकपिच्छे आफुखुशी मूल्य लिने गरेको व्यापक गुनासो आइरहेको भन्दै विभागले त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको हो । विभागले उपभोक्ता संरक्षण ऐन तथा मूल्य अभिवृद्धि कर नियमावलीको पूर्ण परिपालना गर्न अनुरोध गर्दै सोबमोजिम नभएको फेला परेमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने बताएको छ । 

सबै प्रकारका व्यवसायिक पसल वा बिक्री कक्षमा स्वास्थ्य एवम् सरसफाईको आधारभूत पक्षलाई ख्याल गरी व्यवस्थित गर्न पनि विभागले अनुरोध गरेको छ ।

टिप्पणीहरू