प्रधानमन्त्री एक्लैलाई आधा दर्जन मन्त्रालयको कार्यभार

प्रधानमन्त्री एक्लैलाई आधा दर्जन मन्त्रालयको कार्यभार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आजदेखि अरु दुई वटा मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ । यसअघि गृह मन्त्रालयकोसमेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्रीलाई आजदेखि शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि थपिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना मन्त्री र एक जना राज्यमन्त्रीले हिजो साँझ राजीनामा बुझाएपछि ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहाललाई सम्हाल्न राष्ट्रपति विद्यादेवी भण्डारीले तोक्नुभएको हो । ११ दिनअघि सोही पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले दिएको राजीनामा पछि पनि कार्यभार प्रधानमन्त्रीलाई नै दिइएको हो ।

सत्ता गठबन्धनसँग मन्त्रालय बाँडफाँड मिलाउने क्रममा उहाँले वन तथा वातावरण, युवा तथा खेलकुद र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि पुस ११ गतेदेखि नै सम्हाल्दै आउनुभएको छ ।

टिप्पणीहरू