कलियुगका अर्का एक कपुत
पोखरामा एक युवाले आफ्नै आमाको हत्या गरेका छन् । जग्गा बेच्न नदिएको रिसमा पोखरा-१२ शीतलादेवीकी नौमाया नेपालीलाई उनकै छोरा ओमले साथीसँग मिलेर मारेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चैत ४ गते बिहान ओमले साथीसँग मिलेर आमाको हत्या गरेको खुलेको हो । उनले जग्गा बेच्न गरेको आग्रह आमाले नमानेपछि हत्या गरिएको प्रहरीले बताएको छ ।
‘ओमले जग्गा बेच्न लागेका रहेछन् । आमाको नाममा भएकोले सजिलोसँग बेच्न पाएनन् । उनले आमालाई आग्रह गर्दा पनि नमानेको स्वीकारे,’ कास्की प्रहरी प्रवक्ता ड…