शहरभित्र

बर्गर पसल

उपप्रधान एवं गृहमन्त्री श्री रवि लामिछानेज्यू सरकारमा गएपछि विभिन्न विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरूसँग पनि भेट्नुपर्ने बाध्यता छ । कहिले भारतीय त कहिले चिनियाँ, कहिले अमेरिकी त कहिले युरोपेली । भेट जारी नै छ । यसै क्रममा अस्ति एउटा अमेरिकी टोलीसँग भेटवार्ता भयो । टोलीमा एकजना भर्खरकै कूटनीतिज्ञ पनि थिए । नयाँ भनौँ न । कुर्सीमा रवि लामिछानेलाई देखेर उनी बुरुक्क उफ्रे, ‘अरे ! मिष्टर लामिछाने ! मलाई चिन्नुभयो ?’ लामिछाने अक्मकिए र भने, ‘मै…