रवि लामिछाने

नागरिकता मुध्दामा अदालतले दोषी ठहर गरेपछि रवि लामिछानेको सांसद,मन्त्रीसँगै सभापति पद गयो

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुध्दको नागरिकतासम्बन्धी मुध्दामा सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरेको छ ।  कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा सम्मिलित संवैधानिक इजलासले लामिछानेले नागरिकता पुन: प्राप्तिको प्रक्रिया पुरा नगरेकोले यस्तो फैसला सुनाएको हो । अदालतको यो फैसलासँगै लामिछानेको सांसद,मन्त्री र पार्टीको सभापति पद खारेज भएको छ । नेपालको संविधानले प्…