डिन आर. थम्पसन, अर्थमन्त्री

सन्केकै हुन् त सरकारी वकिल !

छल्ने एउटा, मुद्दा चल्ने अर्कै किसिमले । यस्तो भएपछि अमेरिकी दूतावासदेखि राजश्व प्रशासनका कर्मचारीसम्म तात्तिएका छन् । अमेरिकी सफ्टवेयर कम्पनी कोटिभिटीले अर्बौं राजश्व, अर्थात् मूल्य अभिवृद्धि कर (भ्याट) छल्यो भनेर विशेष अदालतमा मुद्दा दायर गरिँदा सरकारी वकिलको जबर्जस्तीमा परेर राजश्व प्रशासनका ६० कर्मचारी पनि त्यसैमा मुछिएका छन् । यस्तो भएपछि अमेरिकी राजदूत डिन आर. थम्पसनले अर्थमन्त्रीलाई भेटेर मनलाग्दी कर निर्धारण गरिँदा आफ्नो देशका लगानीकर्ताको संरक्षण नभएको बताएका छन् । …