भदौमा जेलबाट छुटेपनि पेस्तोल देखाउँदै लुटपाटमा व्यस्त

भदौमा जेलबाट छुटेपनि पेस्तोल देखाउँदै लुटपाटमा व्यस्त

भोजपुरमा पेस्तोल देखाएर पैसा र गहना लुट्ने एक जना पक्राउ परेका छन् । 

टेम्केमैयुम गाउँपालिका–१ का ३७ वर्षीय सुमन परियारलाई प्रहरीले षडानन्द नगरपालिका–९ नजिकैको जंगलबाट पक्रेको छ ।

उनको साथबाट एक थान पेस्तोल, एक थान म्याग्जिन, ११ राउण्ड गोली, सुनका गरगहना र नौ हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

प्रहरीका अनुसार परियार यसअघि पनि जेल परेका थिए ।  एनसेल टावरमा आगजनी, जेसीबी आगजनी, राज्यविरुद्दको कसुरलगायत विभिन्न पाँच वटा मुद्दामा तीन वर्ष छ महिना कैद सजाय भुक्तान गरी उनी गत भदौमा जेलमुक्त भएका हुन् । 

तर उनी फेरि अपराधिक गतिविधिमा सक्रिय रहेको सूचना पाएपछि प्रहरीले परियारमाथि निगरानी बढाएको थियो । अहिले पक्राउ परेसँगै फेरि उनी हातहतियारसम्बन्धी मुद्दामा जेल जाने निश्चित भएको हो ।

टिप्पणीहरू